२५ जेठ २०८३, सोमबार

टीआरसी विधेयकमा सहमतिबारे प्रचण्ड– शान्ति र स्थिरताको पक्षमा रहेका नागरिकका लागि खुशीको कुरा हो

साउन २३, २०८१
काठमाडौं
टीआरसी विधेयकमा सहमतिबारे प्रचण्ड– शान्ति र स्थिरताको पक्षमा रहेका नागरिकका लागि खुशीको कुरा हो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकमा सहमति जुट्नुलाई नयाँ सरकार गठनपछिको राम्रो काम भएको बताएका छन् ।

टीआरसी विधेयकको टुंगो लगाउन प्रमुख दलको कार्यदलले तयार गरेको प्रतिवेदन बुधवार बुझ्दै उनले यस्तो बताएका हुन् । 

टीआरसीमा सहमति जुट्नु राजनीतिक नेतृत्वका लागि मात्रै नभएर शान्ति स्थिरताको पक्षमा रहेका नागरिकका लागि पनि खुशीको कुरा भएको प्रचण्डले बताए ।

‘यो राजनीतिक नेतृत्वका लागि मात्रै होइन, शान्ति र स्थिरताको पक्षमा रहेका नागरिकका लागि खुशीको कुरा हो । यसलाई नयाँ सरकार गठन भएपछिको एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु,’ उनले भने । 

विगतमा सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय अहिले कार्यदलले पीडितमैत्री बनाउँदै निष्कर्षमा पु‍र्याइएको भन्दै प्रचण्डले प्रशंसा गरे । 

‘म कार्यदललाई विशेष रुपले धन्यवाद भन्न चाहन्छु । विगतमा सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय कार्यदलले पीडितमैत्री बनाउँदै निष्कर्षमा पु‍र्याइएको छ,’ उनले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकको टुंगो लगाउन बनेको तीन दलीय कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच कार्यदलका तर्फबाट गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बुधवार प्रतिवेदन बुझाएको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्