०७ असार २०८३, आइतबार

कोही नभएको मौकामा कोठा फुटाएर चोरी गर्ने दुई जना पक्राउ

साउन २३, २०८१
काठमाडौं
कोही नभएको मौकामा कोठा फुटाएर चोरी गर्ने दुई जना पक्राउ

सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गुल्मी घर भई काठमाडौंको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय निरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले दिउँसोको समयमा घरमा मान्छे नभएको मौका पारेर कोठा फुटाएर गरगहना चोरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले सुनको औँठी तीन थान, सुनको सिक्री दुई थान, सुनको टप एक थान, सुनको ब्रास्लेट एक थान, तिलहरी एक थान, पोतेसहितको माला एक थान, चाँदीको पाउजु दुई थान, चोरीमा प्रयोग भएको औजार दुई थान, स्कुटर एक थान र मोबाइल एक थान बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त मालीगाउँबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्