१२ असार २०८३, शुक्रबार

बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता

साउन २३, २०८१
बाग्लुङ
बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता

बागलुङको बडिगाड गाउँपालिका– १० आरुपाटामा मङ्गलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । ​

बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।​

बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो ।

उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिरोमा परी अझै तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय यमलाल विक रहेका छन् ।

बेपत्ताको खोजीमा नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्