०२ असार २०८३, मंगलबार

भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी  अन्तिम चरणमा छ : मन्त्री अधिकारी

साउन २५, २०८१
काठमाडौं
भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी  अन्तिम चरणमा छ : मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी  अन्तिम चरणमा रहेको बताएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गसँग शिष्टाचार भेटघाटका क्रममा प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यात गर्नका लागि कानुनी प्रक्रियाहरू पुरा गर्ने अन्तिम चरणमा रहेको बताएका हुन् ।

यसअघि    नै नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन र नेपाल सहमत भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा सो सहमति भएको थियो ।

मन्त्रालयमा  भएको भेटमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीन सरकारको तर्फबाट कृषि तथा ग्रामीण विकास मन्त्रालय बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयन गर्ने दुवै पक्षबाट प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्