
विवादमा तानिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् । पछिल्लो समय उनी डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवादमा फसेका छन् ।
दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले सो विषयमा समेत आफ्नो धारणा राख्ने बताइएको छ ।
लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै कुलमानले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएका थिए ।