
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
यस्तै युरो एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ भने बेलायती पाउन्ड एकको खरिद दर १७० रुपैयाँ १७ पैसा र बिक्री दर १७० रुपैयाँ ९३ पैसा कायम भएको छ ।
यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।