
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित ९ जना मन्त्री काठमाडौं गएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरूसँग छलफल गर्ने भनेपछि उनीहरू काठमाडौं गएका हुन् ।
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँग छलफल राखेको शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा(रोज)ले बताए ।
‘प्रधानमन्त्रीज्यूले छलफल गर्ने भनेपछि हामी सबै मन्त्री काठमाडौंमा छौं,’उनले भने, ‘संघीयता कार्यान्वयन र विकासलाई गति दिने विषयमा प्रधानमन्त्रीले केही निर्देशनात्मक कुराहरू राख्ने कार्यक्रम तय भएको बुझेका छौं ।’