कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | साउन २५, २०८१
बंगलादेशमा नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुशको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले शपथ लिएका छन् । उनीहरूले बिहीबार साँझ शपथ ग्रहण गरेका हुन् । नवगठित अन्तरिम सरकार १७ सदस्यीय हुनेछ ।
बंगलादेशको सञ्चारमाध्यम ढाका ट्रिब्युनले अन्तरिम सरकारका सबै सदस्यहरूको संक्षिप्त विवरण प्रकाशित गरेको छ ।
डा.मोहम्मद युनुस
प्रोफेसर मुहम्मद युनुस ग्रामीण बैंकका संस्थापक हुन् । ग्रामीण बैंकको स्थापना, लघु कर्जा र लघुवित्तको अवधारणालाई प्रभावकारी रूपमा गरिबीको उन्मुलन गर्ने साधन बनाएकोमा डा. युनुसलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
उनले १९९८ देखि २०२१ सम्म संयुक्त राष्ट्र संघलाई प्रत्यक्ष सहयोग गर्ने सार्वजनिक परोपकारी संस्था संयुक्त राष्ट्र फाउन्डेसनको बोर्ड अफ डाइरेक्टर बनेर काम गरेका थिए ।
युनुसले अमेरिकालगायत अन्य धेरै देशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।
डा. सालेहुद्दीन अहमद
डा. सालेहुद्दीन अहमद २००५ देखि २००९ सम्म बंगलादेश बैंकको ९औँ गभर्नरको रूपमा काम गरेका व्यक्ति हुन् ।
आफ्नो कार्यकालमा उनले बैंकिङ क्षेत्रमा अनुशासन कायम गर्ने र केन्द्रीय बैंकको सञ्चालनलाई आधुनिकीकरण गर्ने उद्देश्यले धेरै सुधारका कामहरू गरे ।
उनले आफ्नो करियर १९७० मा ढाका विश्वविद्यालयमा अर्थशास्त्रीका रूपमा शुरू गरेका थिए । त्यसपछि, १९७१ मा पाकिस्तानको तत्कालीन सिभिल सर्भिसमा भर्ना भए तर, १९७२ मा ढाका विश्वविद्यालयमा लेक्चररको रूपमा फर्किए । वर्षौंसम्म उनी विभिन्न पदमा रहेर काम गरेका अनुभवी व्यक्ति हुन् ।
निवृत्तब्रिगेडियर जनरल एम सखावत हुसेन
एम सखावत हुसेन बंगलादेशका पूर्वनिर्वाचन आयुक्त (२००७-२०१२) रहिसकेका व्यक्ति हुन् । उनी बंगलादेश सेनामा ब्रिगेडियर जनरल (निवृत्त) थिए । उनले रक्षा विश्लेषकका रूपमा ३२ भन्दा बढी पुस्तक लेखेका छन् ।
सखावतले बंगलादेशको सबैभन्दा ठूलो वाणिज्य बैंक सोनाली बैंकको सञ्चालक समितिमा दुई वर्ष सेवा गरेका थिए भने जर्मनीमा नाटो अभ्यासमा पनि भाग लिएका थिए ।
उनले राइनमा बेलायती सेनासँगको सैन्य अभ्यासमा भाग लिन जर्मनीको पहिलो बंगलादेशी सैन्य प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
डा.मोहम्मद नजरुल इस्लाम (आसिफ नजरुल)
आसिफ नजरुल भनेर चिनिने डा. इस्लाम कानूनका प्राध्यापक, अनुसन्धानकर्ता र नागरिक समाजका कार्यकर्ता हुन् । उनले प्रमुख जर्नल र पुस्तकहरूमा संवैधानिक, अन्तर्राष्ट्रिय कानूनी मुद्दाहरूमा धेरै अनुसन्धान पत्रहरू लेखेका छन् ।
उनले संवैधानिक सुधार, स्वच्छ निर्वाचन र सुशासनका विषयमा अमेरिका, युरोप र दक्षिण एसियामा भएका विभिन्न सम्मेलनहरूमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनी सन् २०११-१७ सम्म दक्षिण एसियाली मानव अधिकारको ब्यूरो सदस्य थिए ।
आदिलुर रहमान खान
आदिलुर रहमान खान मानव अधिकार संस्थाका संस्थापक हुन् । उनी वकिल र बंगलादेशका पूर्वनायब महान्यायाधिवक्ता हुन् ।
खान अक्टोबर २०२२ देखि मानव अधिकारका लागि अन्तर्राष्ट्रिय महासंघको महासचिव हुन् ।
अदिलुर रहमान खानले ढाका विश्वविद्यालयमा कानूनको अध्ययन गरेका थिए । उनी लेफ्टिनेन्ट जनरल हुसेन मोहम्मद एरशाद विरुद्धको लोकतान्त्रिक आन्दोलनको हिस्सा थिए ।
उनले ढाका विश्वविद्यालय र भ्रिजे युनिभर्सिटी ब्रसेलबाट कानूनमा स्नातकोत्तर गरेका छन् ।
एएफ हसन आरिफ
एएफ हसन आरिफ बंगलादेशको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता हुन् र उनी सन् १९७० देखि अभ्यास गर्दै आएका छन् ।
उनले २००१ देखि २००५ सम्म बंगलादेशका लागि महान्यायाधिवक्ताको पद सम्हालेका थिए । उनी २००८ मा बनेको कार्यवाहक सरकारका क्याबिनेट मन्त्री भएका थिए ।
मो तौहिद हुसेन
मोहम्मद तौहिद हुसेन बंगलादेशका पूर्वविदेश सचिव हुन् । उनी दक्षिण अफ्रिकाका लागि बंगलादेशका पूर्व उच्चायुक्त पनि रहेर काम गरिसका व्यक्ति हुन् ।
सैयदा रिजवाना हसन
सैयदा रिजवाना हसन बंगलादेश पर्यावरण वकील संघकी प्रमुख कार्यकारी हुन् । उनी वातावरणीय कानून गठबन्धन विश्वव्यापी, र प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघहरूको वातावरणीय कानून आयोगको सदस्य हुन् ।
सुप्रदीप चकमा
सुप्रदीप चकमा चटगाउँ पहाड क्षेत्र विकास बोर्डका अध्यक्ष हुन् । उनले यसअघि भियतनाम र मेक्सिकोका लागि बंगलादेशका राजदूतका रूपमा काम गरेका थिए ।
फरिदा अख्तर
फरिदा अख्तर कृषि, समुद्री मत्स्यपालन, जनसंख्या र विकासका मुद्दाका शोधकर्ता हुन् । उनले स्थापना गरेको संगठन युबीआईएनआईजीले ३ लाख किसान परिवारसँगै जैविक विविधतामा आधारित खेती प्रणाली सञ्चालन गर्छ ।
विधान रञ्जनरोय
प्रोफेसर विधान रञ्जन रोय पोद्दार बंगलादेशको मयमनसिंहमा मनोविज्ञान विशेषज्ञ हुन् । उनी नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड हस्पिटलमा मनोचिकित्सा विभागका निर्देशक सह प्राध्यापक हुन् ।
शर्मीन मुर्शिद
शर्मीन मुर्शिद मानवअधिकार संगठन ब्रोटीकी प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २००१ देखि संस्थाले सीमान्तकृत समूह, विशेषगरी आदिवासी जनजातिको अधिकारका लागि काम गर्दै आएको छ ।
एएफएम खालिद हुसेन
अबुल फयेज मुहम्मद खालिद हुसेन इस्लामिक विद्वान, शिक्षाविद्, लेखक, शोधकर्ता, सम्पादक, अन्तर्राष्ट्रिय इस्लामिक वक्ता र समाज सुधारक हुन् ।
फारुक-ए-आजम
नौसेना कमाण्डो फारुक-ए-आजम एक स्वतन्त्रता सेनानी हुन् जसलाई 'वीर प्रतीक' सम्मानित गरिएको थियो ।
१९७१ मा मुक्ति संग्रामको शुरुवातमा फारुक-ए-आजमले 'अपरेशन ज्याकपोट' मुक्ति संग्रामको नेतृत्व गरेका थिए । उनी चटगाउँ बन्दरगाहमा आक्रमण गर्न गठित टोलीका डेपुटी कमाण्डर थिए ।
नुरजहाँ बेगम
नुरजहान बेगम ग्रामीण बैंकको स्थापनाकालमा प्रोफेसर मुहम्मद युनुसका प्रारम्भिक सहयोगी हुन् ।
नाहिद इस्लाम
नाहिद इस्लाम एक बंगलादेशी विद्यार्थी कार्यकर्ता हुन् जसले बंगलादेश कोटा सुधार आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।
सोही आन्दोलनका कारण शेख हसिनाको सरकारको पतन भएको थियो । उनी १९९८ मा ढाकामा जन्मेका थिए र उनी ढाका विश्वविद्यालयमा २०१६-१७ ब्याचका समाजशास्त्रका विद्यार्थी हुन् । उनी २६ वर्षका विद्यार्थी हुन् ।
आसिफ महमुद
आसिफ महमुद भेदभाव विरुद्धको आन्दोलनका प्रमुख संयोजक मध्येका एक हुन् । कुमिल्लाका आसिफ ढाका विश्वविद्यालयमा २०१७-१८ ब्याचका भाषाविज्ञान विभागका विद्यार्थी हुन् । उनी ढाका विश्वविद्यालयको छात्र अधिकार परिषद्का अध्यक्ष पनि थिए । महमुद पनि उमेरले जम्मा २६ वर्षका रहेका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...