
काठमाडौँ, २५ मङ्सिर - देश विकासको आशा जगाउने राष्ट्रिय गौरवका सहित ठूला आयोजना केही निर्माणाधीन र केही निर्माणको चरणमा छन् ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ- माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, बुढीगण्डकी जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, काठमाडौं चक्रपथ विस्तार आयोजनालगायतले विकासको आशा जगाएका हुन्, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
यीमध्ये केही आयोजना एक–दुई वर्षमै सम्पन्न हुने क्रममा छन् ।
- माथिल्लो तामाकोसीको बिजुली ०७५ असारमा
- आठ वर्षमा बुढीगण्डकी
-०७४ को दसैँमा काठमाडौंमा मेलम्चीको पानी
- सन् २०२१ भित्र नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल
-क्षमता विस्तारको क्रममा टिआइए
- डिजाइनको प्रक्रियामा पोखरा विमानस्थल
- धमाधम बनिरहेको छ गौतम बुद्ध विमानस्थल
दुई वर्षभित्र कलंकी–कोटेश्वर सडक विस्तार
- हुलाकी राजमार्ग :०७७-७८ मा सक्ने लक्ष्य
-नक्सांकन परिवर्तन नभए मध्यपहाडी राजमार्ग ०७६ मा सकिने
-दुई वर्षभित्र कलंकी–कोटेश्वर सडक विस्तार