
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा १ सय ७० जनाको मृत्यु भएको हो ।
विपद्मा परी हालसम्म दुई सय तीन जना घाइते भएका छन् ।
काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका हुन् ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा २, बागमतीमा ४१, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् ।
बेपत्ताको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।