
काठमाडौंको जोरपाटीस्थित एक धागो कारखानामा आगलागी भएको छ ।
गोकर्णेश्वर नगरपालिका–२ नयाँ पाटी चोकमा रहेको मनकामना उल कार्डी प्रालिमा आगलागी भएको हो ।
शुक्रबार अपरान्हपछि जोरपाटीको धागो कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार काठमाडौं, ललितपुरलगायतका ५ वटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
थप विवरण आउन बाँकी छ ।