२० असार २०८३, शनिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने

साउन २६, २०८१
काठमाडौं
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा आज पनि बस्नेछ । हिजोदेखि शुरू भएको बैठक आज बिहान ११ बजे बस्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकमा सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् ।

यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्