२२ जेठ २०८३, शुक्रबार

दक्ष चालक नहुँदा बढ्यो दुर्घटना

कात्तिक २०, २०७४
दक्ष चालक नहुँदा बढ्यो दुर्घटना
काठमाडौं, १२ कात्तिक- लामो दूरीमा गुड्ने यात्रुवाहक बस दुर्घटनामा दक्ष चालकको अभाव मुख्य कारण देखिएको छ । यतिखेर देशभर दक्ष चालकको चर्को अभाव देखिएको छ भने लामो दूरीका बस दुर्घटना बढ्दो छ ।received_1444789075571038
लामो दूरीका बसमा १० वर्षअघिसम्म दुई जना चालक राख्ने व्यवस्था गरिएको थियो । एउटा चालकलाई आठ घन्टाको दरले दुई जनाले १६ घन्टासम्म लामो दूरीका बस चलाउँथे । यो व्यवस्थामा कडाइ गर्दा लामो दूरीका बस दुर्घटनाको दर निकै तल झरेको थियो । पूर्वाञ्चलको हकमा हेटौंडामा अनिवार्य रूपमा अर्को चालक फेर्ने नीति कडाइसाथ कार्यान्वयनमा ल्याइएको थियो ।
तर, अहिले एउटै चालकले गन्तव्यसम्म पुर्‍याउन बाध्य छन् । एकै जनाले १५ देखि २० घन्टासम्म बस चलाउँदा दुघर्टनाको जोखिम बढ्दै गएको विज्ञहरूको ठहर छ । दुई जना चालक मिलेर गन्तव्य स्थानसम्म सवारीसाधनलाई सुरक्षित पुर्‍याउने व्यवस्था अहिले कार्यान्वयनमा छैन, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्