
साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेडले विशेष अफरसहित निःशुल्क चेकजाँच क्याम्प सञ्चालनमा ल्याएको छ ।
नेपालमा सिट्रोन गाडीका लागि आधिकारिक वितरक साङ्ग्रिलाले आइतबारबाट विशेष छुटसहितको क्याम्प सञ्चालनमा ल्याएको हो ।
यस क्याम्पबाट सिट्रोनका सवारी साधनलाई राम्रो अवस्थामा राख्नका साथै विशेष छुटको फाइदा पनि लिन सकिने कम्पनीले जनाएको छ ।
यस क्याम्पमा, फी सर्भिसिङ, गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, नि:शुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्टमा ५ प्रतिशत छुट लगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध रहेका छन् ।
यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरूको सवारी अनुभवलाई अझ राम्रो बनाउने र उल्लेखनीय बचत गराउने कम्पनीको विश्वास छ ।
यो क्याम्प दुई चरणमा सञ्चालन हुँदैछ ।
पहिलो चरण साउन २७ र २८ गते विर्तामोडमा, साउन २९ र ३० गते विराटनगरमा र साउन ३२ गते वीरगन्जमा हुँदैछ ।
यस्तै, दोस्रो चरणमा पोखरा, दाङ, बुटवल, र नारायणघाटमा हुनेछ । जसको मिति छिट्टै घोषणा गरिने कम्पनीले जनाएको छ ।