२४ जेठ २०८३, आइतबार

भलिबल खेलाडीलाई पुरस्कार सिफारिस

साउन २७, २०८१
काठमाडौं
भलिबल खेलाडीलाई पुरस्कार सिफारिस

राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा द्वितीय भएका खेलाडीहरूलाई पुरस्कारका लागि सिफारिस गरेको छ ।​

परिषद् कार्यकारी समितिको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष सिफारिस गरेको हो ।

राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने छन् ।

यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख बीस हजार नगद पुरस्कार पाउने छन् ।

साउन १७ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो ।

यस्तै सेमिफाइनलमा इरानलाई पराजित गरी फाइनल पुगेको नेपाली टिम भारतसँग पराजित हुँदै द्वितीय बनेको थियो ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्