
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन् ।
मिस्रीले पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसँग आइतबार साँझ उनकै निवास खुमलटारमा भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरूबीच दुई देशबीचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।