२० असार २०८३, शनिबार

पश्चिम–नवलपरासीमा गड्यौलाबाट व्यावसायिक मल उत्पादन

साउन २७, २०८१
नवलपरासी
पश्चिम–नवलपरासीमा गड्यौलाबाट व्यावसायिक मल उत्पादन

 नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा गड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादनमा गर्न थालिएको छ । केही वर्ष अघिसम्म परीक्षणका लागि मल उत्पादन सुरू गरेका किसानले हाल व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न थालेका हुन् । 

जिल्लाको सुनवल नगरपालिका–१३ मिनी बडेरा निवासी हरि भण्डारीले व्यावसायिक रूपमा गड्यौला पालन गरेर मल उत्पादन सुरू गरेको बताए । उनले भारतको गोरखपुरबाट गड्यौलाबाट मल उत्पादनसम्बन्धी तालिम सिकेर व्यवसायी रूपमा मल उत्पादन गर्न थालेको बताए ।  परीक्षणका रूपमा ११ वर्षअघि गड्यौला पालन सुरू गरे पनि हाल चार जनालाई रोजगारी दिएर व्यावसायिक मल उत्पादन गर्न थालेको उनको भनाइ छ ।

उनले रु ५० लाख लागतमा ढाई कठ्ठा जग्गामा अष्ट्रेलियन प्रजातिका गड्यौला पालन गरेका छन् । “अघिल्ला वर्षसम्म गड्यौलाबाट मल उत्पादनसम्बन्धी त्यति ज्ञान नभएर घाटामा गइयो तर हाल धेरै समस्या छैन । बजारीकरणमा कुनै समस्या नभएमा राम्रो आम्दानी हुने आशा जागेको छ”, उनले भने । 

उनकी श्रीमती कल्पना सुवेदीले सुरूमा गड्यौला पालन गर्ने भन्दा धेरैलाई अनौठो लागे पनि काम गर्दै जाँदा हाल अरूले पनि यो व्यवयासमा चासो दिन थालेका बताइन्  ।

यसैबीच आज नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द, पूर्वराज्य मन्त्री घनश्याम यादवलगायत स्थानीयले उहाँको गड्यौला फार्म निरीक्षण गरेका छन्। 

बर्दघाट पश्चिम–नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले यस जिल्लामा दुुई जनाले व्यावसायिक रूपमा गड्यौलाबाट मल उत्पादन गरिरहेका र अन्यले पनि व्यावसाय सञ्चालनका लागि योजना बनाइरहेका बताए । 

salt training

कमेन्ट गर्नुहोस्