
आज साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनहरूको भीड छ ।
काठमाडौं उपत्याकाका पशुपतिनाथ, कोटेश्वरको महादेवस्थान, ललितपुरको कुम्भेश्वरसहित देशैभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको हो ।
आज महिलाले हरियो रंगको बस्त्र, चुरा, पोते र मेहन्दी हिन्दुधर्म आनुसारका बस्त्र लागाएर शिवको ब्रत बस्ने गर्दछन् ।
महिलाहरू मनोकामना पूरा हुने र आफ्नो श्रीमानको आयु लम्बिने विश्वास रहिआएको छ ।
साउनको पहिलो सोमबारदेखि बोलबम यात्रा गर्ने परम्परा पनि छ ।