२९ जेठ २०८३, शुक्रबार

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर

साउन २८, २०८१
काठमाडौं
डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।  बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ ।  

त्यसैगरी युरो १ को खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । 

 यस्तै अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ । 
यस्तै  कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्