२३ जेठ २०८३, शनिबार

रोहित आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि

साउन २८, २०८१
काठमाडौं
रोहित आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि

नेपाली राष्ट्रिय टोलीका कम्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टोले ग्लोबल टी–२० लिगको उपाधि जितेको छ । 

क्यानडामा आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रन बनाए । मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो । जसमा कोर्बिनले सर्वाधिक ३५ रन बनाउँदा जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाए ।

टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक÷एक विकेट लिए ।
 

salt training

कमेन्ट गर्नुहोस्