
वाणिज्य कानूनविद, अधिवक्ता तथा नेपाल ल क्याम्पसका उपप्राध्यापक डा. नेवल चौधरीलाई सर्वोत्कृष्ट पुस्तक लेखकको रूपमा सम्मानित गरिएको छ ।
नेपाल कानून व्यवसायी परिषद्को ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उनलाई 'कमर्सियल ल' (अनुसन्धानमा आधारित पुस्तक) नामक पुस्तकका लागि नगर पुरस्कारसहित सम्मान गरिएको हो । उनलाई २५ हजार नगदसहित पुरस्कृत गरिएको हो ।
चौधरीको पुस्तक 'कमर्सियल ल' २०८०/०८१ मा प्रकाशित न्याय र कानूनसँग सम्बन्धित सबै पुस्तकहरूमा सर्वोत्कृष्ट ठहरिएको हो ।
पुरस्कारबाट प्राप्त रकम नेपाल ल क्याम्पसका विद्यार्थीको लागि स्थापना गरिएको मकसुदन चौधरी मेमोरियल पुरस्कार-२०७५ को अक्षयकोषमा जम्मा गर्ने लेखक चौधरीले घोषणा गरे ।