१२ असार २०८३, शुक्रबार

अर्थमन्त्री पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

साउन २८, २०८१
काठमाडौं
अर्थमन्त्री पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

भारतका विदेश सचिव विक्रम मिस्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  

सोमबार बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमै पुगेर सचिव मिस्रीले मन्त्री पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

 

भेटमा उनीहरूबीच आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

यसअघि आजै उनले अर्का उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग पनि शिष्टाचार भेट गरेका थिए । 

सचिव मिश्रीले आइतबार राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

अघिल्लो महिना मात्र विदेश सचिवको जिम्मेवारी सम्हालेका मिस्री परिचयात्मक भ्रमणका क्रममा नेपाल आएका हुन् ।

उनी आजै बेलुकी नयाँदिल्ली फर्कने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्