०३ असार २०८३, बुधबार

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता

साउन २८, २०८१
काठमाडौं
उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उनीहरूबीच शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमतीलगायत नदीको स्वच्छता र सफाइलगायत नेपाल–भारतबीच हुनसक्ने सहकार्यका  विषयमा छलफल भएको थियो ।

भेटमा विदेश सचिव मिस्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिएका थिए ।

उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गङ्गा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने उल्लेख गर्दै सहकार्यका लागि आग्रह गरेका थिए ।

यस्तै, उनले नेपाली नागरिकले सीमामा आवतजावतमा समस्या भोगिरहेको बताएका थिए । 

नेपालले महाकाली नदीमा झोलुङ्गे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको बताएका उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आएका हुन् ।

विदेश सचिव मिस्री दुई दिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्