
काठमाडौं, १२ कात्तिक — अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ बनाउन ७२० करोड रुपैयाँ खर्च भएको बताइएकोमा अहिले त्यसभन्दा महंगो टीभी सिरिज सोनी टीभीमा शुरु हुन लागेको छ ।

ऐतिहासिक टीभी सिरिज ‘पोरस’ लाई भव्य र राजकीयपना दिनका लागि यसको बजेट नै ८०० करोड रुपैयाँ छ । भारतीय टीभी शोमा यति धेरै खर्च गरिएको यो पहिलो अवसर हो ।
शोको सेट गुजरातको उबर गाउँमा छ र यसलाई अमित सिंह र वैभव जाधवले डिजाइन गरेका हुन् ।

नौ एकडमा फैलिएको यो सेट बनाउन एक वर्ष लागेको सथयो । शोको हिसाबमा यहाँ ११ थरी सेटहरू लगाइएको छ ।
शोका केही हिस्सा थाइल्यान्डमा समेत शूट गरिएको छ । शोको फाइट सिक्वेन्स थाइ एक्सन डाइरेक्टर नुङले गरेका हुन् ।
शोमा लक्ष्य लालवानी, रति पाण्डे, मोहित अबरोल, रोहित पुरोहित लगायतको मुख्य भूमिका छ ।
पोरस प्राचीन भारतका एक राजा थिए । उनको राज्य चेनाब र झेलम नदीको बीचमा थियो ।

विश्वविजेता राजा अलेक्जेन्डर भारत आउँदा उनको सामना पोरससँग भएको थियो । अलेक्जेन्डरको विजयरथलाई पोरसले नै रोकेका थिए ।
एजेन्सी