२८ जेठ २०८३, बिहीबार

मस्कले लिए ट्रम्पसँग अन्तर्वार्ता

साउन २९, २०८१
काठमाडौं
मस्कले लिए ट्रम्पसँग अन्तर्वार्ता

अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट आगामी निर्वाचनको उम्मेदवार डोनाल्ड ट्रम्पसँग एक्स प्लेटफर्मका मालिक एलोन मस्कले प्रत्यक्ष अन्तर्वार्ता लिएका छन्।

उनले अमेरिकी निर्वाचनसहित समग्र विषयमा नेपाली समयअनुसार मंगलबार बिहान अन्तर्वार्ता लिएका हुन् । 

अन्तर्वार्ता निर्धारित समय भन्दा अलि ढिलो सुरु भएको बीबीसीले जनाएको छ। मस्कले यसका लागि साइबर हमलालाई जिम्मेवार ठहर्याएका छन् ।

सुरुमै मस्कले यसलाई अनौपचारिक अन्तर्वार्ताको रूपमा वर्णन गरे, जसले खुला दिमागका स्वतन्त्र मतदाताहरूलाई मद्दत गर्ने मस्कको भनाइ छ ।

एलेनले ट्रम्पको हत्या प्रयासको घटनाबाट कुराकानी सुरु गरेका थिए ।  आफ्नो अनुभवको बारेमा विस्तृत कुरा गर्नु अघि ट्रम्प हाँस्न थाले। उनले भने 'यो कुनै पनि सुखद छैन'। अन्तर्वाताका क्रममा ट्रम्पले मस्कलाई सबै रेकर्ड तोडेकोमा धन्यवाद दिए। 

जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई एक्स प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो।

salt training

कमेन्ट गर्नुहोस्