३० जेठ २०८३, शनिबार

पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक भासियो, दिउँसोसम्म यातायात सञ्चालनमा रोक

साउन २९, २०८१
नवलपरासी
पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक भासियो, दिउँसोसम्म यातायात सञ्चालनमा रोक
पाइल तस्वीर

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । 

नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए ।  

यो खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्