२३ असार २०८३, मंगलबार

तरकारीवाली भइन् हिरोइन

कात्तिक २०, २०७४
तरकारीवाली भइन् हिरोइन

काठमाडौं, १२ कार्तिक – केही समयअघि सामाजिक सञ्जालमा भाइरल बनेकी कुसुम श्रेष्ठले चलचित्र ‘लम्फू’ मा अभिनय गरेकी छिन् । यसै वर्ष रिलिज हुन लागेको चलचित्रमा उनको अभिनय देख्न पाइनेछ तर उनको भूमिका भने खुलाइएको छैन ।

चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका छन् । फिल्मबाट पाएको रकम उनले सामाजिक कार्यमा लगानी गरेको बताइन् । ‘दर्शकले हलमा फिल्म हेरेपछि मेरो भूमिकाको बारेमा थाहा पाउनुहुनेछ, अहिले सबै कुरा खुलाउन चाहन्न,’ उनले भनिन्, ‘मेरो पहिलो कमाइ सामाजिक कार्यमा खर्च गरेकी छु ।’

गत वर्ष नै चलचित्रमा अभिनय गरे पनि आफूले अभिनय गरेको कुरा भने उनले शेयर गरेकी थिइनन् । उनले आफूले कमाएको केही रकम सामाजिक कार्यकाल लागि दिनुपर्ने पनि उनले जनाइन् ।

शुरुमा चलचित्र ‘लम्फू’ मा पनि अभिनय नगर्ने सोच नबनाए पनि पछि फिल्म सामाजिक उत्तर दायित्वप्रति सकारात्मक भएकाले आफूले अभिनय गरेको बताइन् । गतवर्ष तरकारी बोकेको तस्वीर विदेशी मिडियामा समेत छाएको थियो उनको ।

चलचित्र ‘लम्फू’ लाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । कबिर खड्का, चाँदनी शर्मा, सञ्जित भण्डारी, सलोन बस्नेत लगायतका कलाकारको समेत अभिनय रहेको चलचित्रको रिलिज मिति भने अझै सार्वजनिक गरिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्