०८ साउन २०८३, शुक्रबार

ओलीप्रति प्रचण्डको कटाक्ष– उहाँले हुन्छ भन्दा हुन्न बुझ्नु पर्ने, हुन्न भन्दा हुन्छ बुझ्नु पर्ने स्थिति छ

साउन ३०, २०८१
काठमाडौं
ओलीप्रति प्रचण्डको कटाक्ष– उहाँले हुन्छ भन्दा हुन्न बुझ्नु पर्ने, हुन्न भन्दा हुन्छ बुझ्नु पर्ने स्थिति छ
फाइल तस्वीर ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीप्रति कटाक्ष गरेका छन् । ओलीले हुन्छ भन्दा हुन्न बुझ्नु पर्ने र हुन्न भन्दा हुन्छ भनेर बुझ्नु पर्ने स्थिति रहेको उनले टिप्पणी गरे । 

बुधवार प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)को सैद्धान्तिक छलफलमा भाग लिँदै प्रचण्डले ओलीप्रति आशंका रहेको बताएका हुन् । 

‘बहुदलीय प्रतिस्पर्धाको नाममा दुईदलीय व्यवस्थामा लैजान खोजिएको त होइन भन्ने आशंका छ ।  हुन त प्रधानमन्त्रीजीले होइन भन्नुभयो, त्यही साबित होस् भन्ने अपेक्षा गर्दछु,’ ओलीप्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘केदेखि तर्सेको के देखेपछि झस्किन्छ भनेझैँ । उहाँले हुन्छ भनेपछि हुन्न बुझ्नुपर्ने स्थिति र हुन्न भनेपछि हुन्छ भन्ने स्थिति भएकाले बढो आशंकाको स्थिति कायम छ ।’ 

प्रचण्डले कटाक्ष गर्दा प्रधानमन्त्री ओली संसदमै थिए । ओलीले संविधानलाई अझ उन्नत बनाउनका लागि संशोधन गरिएपनि लोकतन्त्रका मूल्य–मान्यतामा कुनै संशोधन नहुने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्