
काठमाडौं महानगरपालिका– १५ सानो भर्याङस्थित काष्ठ उद्योगमा मङ्गलबार राति आगलागी हुँदा रु २० लाख बढीको क्षति भएको छ ।
राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासि आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार घण्टासम्म लागेको आगो तीन वटा दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।
आगलागी भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा लिएको हो ।
विद्युत् ‘सर्ट’ भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।