२५ असार २०८३, बिहीबार

टीआरसीमा भएको सहमतिप्रति अन्तर्राष्ट्रिय समुदायको मूलभूत समर्थन छ– प्रचण्ड

साउन ३०, २०८१
काठमाडौं
टीआरसीमा भएको सहमतिप्रति अन्तर्राष्ट्रिय समुदायको मूलभूत समर्थन छ– प्रचण्ड

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा भएको सहमतिप्रति अन्तर्राष्ट्रिय समुदायको मूलभूत समर्थन रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । सहमति पीडितमैत्री रहेको उनले जिकिर गरे । 

बुधवार प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रचण्डले विधेयक पीडितमैत्री रहेको बताएका हुन् । ‘यो विधेयक पीडितमैत्री हुन्छ कि हुँदैन भनेर हामीले लामो छलफल गर्यौं । मेलमिलापका नाममा पीडितलाई थप पीडा दिने हो कि भन्ने पनि कुरा आयो । अन्तर्राष्ट्रिय मूल्य–मान्यता अनुरूप हुन्छ कि हुँदैन भनेर पनि प्रश्न उठेको थियो,’ उनले भने, ‘विधेयकप्रति अन्तर्राष्ट्रिय समुदायको समेत मूलभूत समर्थन रहेको ब्यहोरा जानकारी गराउन चाहन्छु ।’

ढिलै भएपनि सत्य निरुपण र बेपत्ता छानबिन आयोगमार्फत शान्ति प्रक्रिया टुंगिने दिशामा अगाडि बढेको पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बताए । प्रचण्डभन्दा अगाडि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधेयकबारे बोलेका थिए । 

संसदीय समितिबाट सर्वसम्मत भएको विधेयक संसदमा छलफल गरेर बुधवार नै पारित गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले राष्ट्रियसभाबाट समेत १० दिनभित्र विधेयक पारित गर्ने तयारी रहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्