०६ साउन २०८३, बुधबार

गोदावरीका मेयर, उपमेयरसहित १४ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

साउन ३०, २०८१
काठमाडौं
गोदावरीका मेयर, उपमेयरसहित १४ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख (मेयर) गजेन्द्र महर्जन, उपप्रमुख (उपमेयर) मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

खानी तथा खनिजजन्य वस्तुको बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना गरेको अभियोग लागेका उनीहरूले सफाइ पाएका हुन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाशले बुधवार सफाइ दिएको हो ।  

सफाइ पाउने अन्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू प्रविन कोइराला, वीरेन्द्रदेव भारती, कृष्णप्रसाद जैसी र विश्वराज मरासैनीसहित १४ जना छन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध १ अर्ब रुपैपाँभन्दा बढी बिगो कायम गरिएको थियो ।

nullnullnullnull
 

salt training

कमेन्ट गर्नुहोस्