२३ असार २०८३, मंगलबार

अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न उद्योगमन्त्रीको निर्देशन

साउन ३०, २०८१
काठमाडौं
अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न उद्योगमन्त्रीको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई निर्देशन दिएका छन् ।

खाद्य तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्त भएका प्रकाशप्रसाद पोखरेललाई आज नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रममा मन्त्री भण्डारीले यसअघि निमित्तको भूमिकामा रहेका अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न निर्देशन दिएका हुन् । 

यसैगरी मन्त्री भण्डारीले खाद्य तथा व्यापार कम्पनी लिमिटेड तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड गरी दुवै संस्थानले सन्तोषजनक परिणाम दिन नसकिरहेकाले वर्तमान चुनौतीलाई अवसरमा बदलेर परिणाममुखी काम गरेर देखाउन र संस्थाको गरिमा जोगाउन प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । 

नवनियुक्त दुवै जनालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुसुदन बुर्लाकोटीले नियुक्तिपत्र प्रदान गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्