०७ असार २०८३, आइतबार

डेरा फर्कियो राम रहीमको परिवार, छोराले सम्हाल्न थाले जिम्मेवारी

कात्तिक २०, २०७४
डेरा फर्कियो राम रहीमको परिवार, छोराले सम्हाल्न थाले जिम्मेवारी

काठमाडौं, १२ कात्तिक — साध्वीहरूलाई बलात्कार गरेको आरोपमा २० वर्षे कारावास सजाय भोगिरहेका डेरा सच्चा सौदा प्रमुख राम रहीमको परिवार ६१ दिनपछि डेरा परिसरमा फर्केको छ ।


अगस्ट २५ मा राम रहीमलाई दोषी ठहर गरिएपछि परिवारले डेरा छोडको थियो । परिवारका सबै सदस्य मिडियाबाट चाहिँ टाढै छन् ।

राम रहीम दोषी ठहर भएर पञ्चकूलामा हिंसा भड्किएपछि प्रहरीले डेरा सच्चा सौदामा खोजी अभियान चलाएको थियो । त्यसपछि राम रहीमको परिवार राजस्थानस्थित गुरुसर मोडियामा बनेको डेरामा बस्न गएको थियो ।

सूत्रहरूका अनुसार, परिवार २६ अक्टोबरका दिन सिरसा डेरामा फर्किएको छ ।

राम रहीमका छोरा जसमीत इन्साले डेराको जिम्मेवारी सम्हाल्न थालेका छन् । राम रहीमकी प्रियपात्र हनीप्रीत जेल गएपछि राम रहीमको परिवार उनलाई भेट्न जेल गएको थियो ।

बिस्तारै डेराको वातावरण सुध्रिने क्रममा छ । जसमीतले डेरामा सत्संग गर्न खोजेको भएपनि प्रशासनसमक्ष यो खबर पुगेपछि हुन पाएन ।

अहिले डेरामा प्रहरी बल खासै छैन । पञ्चकूलामा हिंसा हुँदा चाहिँ डेरामा प्रहरी र अर्धसैनिक बलहरू ठूलो संख्यामा तैनाथ गरिएका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्