०१ असार २०८३, सोमबार

२० हजार घुस लिने यातायात कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

साउन ३१, २०८१
काठमाडौं
२० हजार घुस लिने यातायात कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयअन्तर्गत सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

सवारी चालक अनुमति पत्रको अभिलेख सच्चाउन सेवाग्राहीसँग २० हजार घुस लिएको उजुरीका आधारमा रेग्मीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार रेग्मीले घुस लिएको भीडियो एउटा टेलिभिजनमा समेत प्रसारण भएको थियो ।

सेवाग्राहीले चालक अनुमति पत्रको वर्ग थप गर्न दिएको प्रयोगात्मक परीक्षामा पास भए पनि सिस्टममा फेल देखिएपछि उक्त विवरण सच्याउन रेग्मीले घुस लिएको अख्तियारले जनाएको छ ।

रेग्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा २० हजार बिगो कायमगरी उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय दाबी गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

salt training

कमेन्ट गर्नुहोस्