३२ असार २०८३, बिहीबार

सुशासन समितिमा प्रचण्डको जोड– भ्रष्टाचार निवारण ऐन समयअनुकूल सुधार्नु पर्छ

साउन ३१, २०८१
काठमाडौं
सुशासन समितिमा प्रचण्डको जोड– भ्रष्टाचार निवारण ऐन समयअनुकूल सुधार्नु पर्छ

संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारणसम्बन्धी  ऐन समयअनुकूल सुधार गर्नुपर्नेमा जाेड दिएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेकबारे राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीवार भएको छलफलमा उनले सो कुरा बताएका हुन् ।

भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले शंसोधनको प्रस्ताव पेश गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको प्रचण्डको भनाइ थियो । बदलिँदो अवस्थाअनुसार ऐनको संशोधन आवश्यक रहेको उनले स्पष्ट पारे ।

‘२०५९ सालमा यो ऐन बनाउँदा र अहिले संशोधनको प्रस्ताव पेश गर्दाको स्थितिसम्म आइपुग्दा राजनीतिक परिस्थितिमा फेरबदल आएको छ । एउटा शासन प्रणालीदेखि अर्को शासन प्रणालीमा आइपुगेका छौं । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । यसर्थ यहीअनुसार संशोधन आवश्यक छ,’ उनले भने । 

विज्ञान प्रविधिमा भएको नयाँ विकास अनुसार पनि उक्त ऐनमा संशोधन आवश्यक रहेको प्रचण्डले औँल्याए ।

त्यसैगरी भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारे पनि व्यापक छलफलको आवश्यकता रहेको उनको भनाइ थियो ।

हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्नेमा पनि उनले जोड दिए । 


 

salt training

कमेन्ट गर्नुहोस्