०५ साउन २०८३, मंगलबार

गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै निकुञ्जको सडक २४सै घण्टा खुला

साउन ३१, २०८१
रसुवा
गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै निकुञ्जको सडक २४सै घण्टा खुला

पवित्रतीर्थ गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकाको सडक २४सै घण्टा खुला राख्ने भएको छ । निकुञ्जले एक विज्ञप्ति जारी गर्दै आजदेखि भदौ ४ गतेसम्मका लागि सडक २४सै घण्टा खुला गर्ने निर्णय गरेको हो ।

गोसाईंकुण्ड मेला अवधिभर यात्रुको सहजताका लागि सवारीसाधन खुला गरिएको र रातको समयमा मालवाहक सवारीसाधनलाई रोक लगाइएको निकुञ्ज कार्यालयले स्पष्ट पारेको छ । 

रसुवागढी जाने प्रमुख सडक भएका कारण चिनियाँ सामग्री बोकी आएका मालवाहक कन्टेनर डिब्बा भने राति ११ बजेसम्म मात्र गुड्न पाउने निकुञ्जले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्