११ साउन २०८३, सोमबार

निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया प्रस्थान

साउन ३१, २०८१
काठमाडौं
निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया प्रस्थान

अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का किमुन्युङ कप जि–१ रयाङकिङ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न आज दक्षिण कोरियाको मुजु प्रस्थान गरेका छन्  ।

यही अगष्ट १७ देखि २० तारिखसम्म हुने उक्त प्रतियोगितामा अशोकले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । 

 उक्त प्रतियोगितापछि अशोकले दक्षिण कोरियामै हुने १४ औँ आईओएफटीसी तेक्वान्दो प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अगष्ट २४ तारिखमा सिओलमा हुने आईओएफटीसीमा पनि  आफूले ग्योरोगी र पुम्सेमै निर्णायकको भूमिका निर्वाह गर्ने अशोकले बताए । 

salt training

कमेन्ट गर्नुहोस्