०६ साउन २०८३, बुधबार

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

साउन ३२, २०८१
काठमाडौं
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् ।

मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन बिहीवार राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की  पनि अष्ट्रेलिया गएका छन् । । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्