०२ साउन २०८३, शनिबार

भारतीय विदेश सचिव फर्केको चार दिनपछि अमेरिकी उपविदेशमन्त्री नेपालमा

साउन ३२, २०८१
काठमाडौं
भारतीय विदेश सचिव फर्केको चार दिनपछि अमेरिकी उपविदेशमन्त्री नेपालमा

अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल आएका छन् । भारतीय विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री वर्मा नेपाल आएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्रीपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्च स्तरीय भ्रमण हो । 

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने कार्यक्रम छ । 

यस्तै, उनले यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । 

नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश सचिव मिस्री सोमबार स्वदेश फर्किएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्