०४ साउन २०८३, सोमबार

ट्राफिक प्रहरीको विशेष चेकिङमा ३ जना नियन्त्रणमा

साउन ३२, २०८१
काठमाडौं
ट्राफिक प्रहरीको विशेष चेकिङमा ३ जना नियन्त्रणमा

 लागुपदार्थ सेवन गरी सवारी साधन साधन चलाउँदै गरेका ३ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । 

ना ३ ख ७४ १२ नम्बरका भाडा कन्टेनर चालक रसुवाको गोसाईकुण्ड गाउँपालिका ५ का २८ बर्षीय सबिन तामाङ, बाग्मती प्रदेश ०६-००१ क ०१५३ नम्बरका ट्रक चालक चितवनको भरतपुर महानगरपालिका १७ का ३६ वर्षीय विनोद विश्‍वकर्मा र बाग्मती प्रदेश ०६-००१ ज ०२७१ नम्बरका माईक्रो चालक नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ४ का २८ वर्षीय पवन सापकोटालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ ।

नागढुङ्गामा १० ओटा सवारी साधनलाई चेक गर्दा ३ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।  नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको छ  । 

चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरीक्षक बिश्वराज खड्काले बताए । 

salt training

कमेन्ट गर्नुहोस्