१२ असार २०८३, शुक्रबार

हराएका २७ वटा सवारीसाधन भेटियो

साउन ३२, २०८१
काठमाडौं
हराएका २७ वटा सवारीसाधन भेटियो

विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले १९ वटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । 
 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पशुपति, चाबहिल, बानियाटार, बाल्कोट, अनामनगर, सानेपा, नारायणटार, गौरिघाट, नुवाकोट, बौद्ध, बल्खु र ठमेल लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 
आज बुझाइएका २७ ओटा सहित ६१ ओटा सवारी साधन साउन महिनामा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । यसैगरी चोरीका ७ ओटा २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १० जना व्यक्तिहरूलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्