१२ असार २०८३, शुक्रबार

आजदेखि मुद्दती निक्षेपको ब्याजदर घट्यो, कुन बैंकको कति ?

भदौ १, २०८१
काठमाडौं
आजदेखि मुद्दती निक्षेपको ब्याजदर घट्यो, कुन बैंकको कति ?

वाणिज्य बैङ्कहरूले आजदेखि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरूले भदौ १ अर्थात् आजदेखि लागु हुनेगरी मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । 

वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि औसतम ०.२१ विन्दुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । औसतमा वाणिज्य बैंकहरूको व्यक्तिगततर्फको मुद्दती निक्षेप ब्याजदर ६.५३ प्रतिशतमा झरेको छ । जुन साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत रहेको थियो । 

लामो समयदेखि वाणिज्य बैंकहरूले लागू गर्दै आएको ब्याजदरको भद्र सहमति गत आर्थिक वर्षको साउनमा तोडेसँगै बैंकहरूले आफैं हरेक महिना ब्याजदर निर्धारण गर्दै आएका छन्। 

बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । सोही  व्यवस्था अनुसार वाणिज्य बैंकहरूले भदौका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

भदौका लागि एक बैंकले मात्रै ब्याजदर बढाएको छ । प्राइम कर्मसियल बैंकले मात्रै ब्याजदर बढाएको छ । प्राइम बैंकले साउन महिनाको तुलनामा ०.२५ प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर बढाएको हो । 

१३ बैङ्कले ब्याजदर घटाएका छन् । नेपाल एसबीआई, कृषि विकास बैंक, प्रभु, सानिमा, एनएमबि, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल बैंक, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स्, सिद्धार्थ, हिमालयन बैंकले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । 

६ बैङ्कहरूले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ग्लोबल आइएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् । 

यस्तो छ वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपको ब्याजदरः

null

salt training

कमेन्ट गर्नुहोस्