
युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै नदीमा रहेको पुल ध्वस्त पारेको छ । रुसी अधिकारीहरूका अनुसार युक्रेनी सेनाले ग्लुसकोवो शहर नजिकै गरेको कारबाहीमा पुल भत्काएको बीबीसीले जनाएको छ ।
युक्रेनी सेनाले भत्काएको पुल रुसी सैनिकलाई अत्यावश्यक सामान पुर्याउन प्रयोग भएको थियो ।
यसअघि युक्रेनका शीर्ष कमाण्डर ओलेक्सान्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य मुख्यालय बनाएको बताएका थिए ।