०५ साउन २०८३, मंगलबार

प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय, तीनवटा मतपत्रमा भोट हाल्नुपर्ने !

कात्तिक २०, २०७४
प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय, तीनवटा मतपत्रमा भोट हाल्नुपर्ने !
काठमाडौं १२ कात्तिक– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेको छ । आयोग पदाधिकारीको आइतवार बसेको बैठकले प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णय गरेको आयोग स्रोतले जानकारी दियो । तर, यसको निर्णय भने सार्वजनिक गरिएको छैन । 

सर्वोच्च अदालतको आदेशको सम्मान गर्नेगरी आयोगले छलफल गरिरहेको आयोगका प्रवक्ता नबराज ढकालले लोकान्तरलाई जानकारी दिए । ‘अदालतको आदेश कार्यान्वयन गर्नको लागि गम्भीर छलफल भइरहेको छ, अदालतको भावनाको सम्मान गर्नेगरी पत्राचार गर्छौ’ ढकालले लोकान्तरसँग भने ।

आयोग स्रोतले छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णयको तयारी भएको बतायो । यसअघि आयोगले प्रदेश र प्रतिनिधि सभाका लागि एउटै पतपत्रको व्यबस्था गरेको थियो ।

प्रत्यक्षतर्फ छुट्टा छुट्टै पतपत्र छाप्ने निर्णय भएमा मतदाताले अब तीनवटा मत्रतपत्रमा भोट हाल्नु पर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्