०४ साउन २०८३, सोमबार

एमाले लुम्बिनी संसदीय दलको नेतामा आचार्य, उपनेतामा श्रेष्ठ

भदौ १, २०८१
बुटवल
एमाले लुम्बिनी संसदीय दलको नेतामा आचार्य, उपनेतामा श्रेष्ठ

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् ।

शनिबार बुटवलमा बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।

एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्‌मा अर्यालले दलका नेता तथा पूर्व मुख्यमन्त्री लीला गिरीले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएपछि मुख्यमन्त्री आचार्यलाई दलको नेता चयन गरिएको हो । 

दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टीले मुख्यमन्त्रीमा अघि सारेपछि नेता गिरीले राजीनामा दिएका थिए ।

null

त्यस्तै उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै प्रमुख सचेतकमा रुपन्देहीका तुलसी चौधरी र सचेतकमा रोल्पाकी यमुना रोकालाई चयन गरिएको छ ।

शनिबारको संसदीय दलको बैठकमा गिरी उपस्थित थिएनन् ।

एमाले प्रमुख सचेतक चौधरीका अनुसार बैठकमा २५ जनाभन्दा बढी सांसदहरूको सहभागिता रहेको थियो ।

लुम्बिनीमा एमाले २९ सांसद छन् । प्रदेशसभामा एमाले पहिलो दल हो । 

salt training

कमेन्ट गर्नुहोस्