२३ असार २०८३, मंगलबार

इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झन्डोत्तोलन

भदौ १, २०८१
काठमाडौं
इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झन्डोत्तोलन

गणतन्त्र इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार काठमाडौंमा झन्डोत्तोलन गरिएको छ । 

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतको कार्यालय आईएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन गरिएको हो ।

इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपाल तथा गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्‍याउन आफूले प्रयास गरिरहेको बताए ।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्नेमा जोड दिए । 

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको  राजदूतको  आवासीय कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ ।

इन्डोनेसिया आसियान राष्ट्रमध्येको ठूलो अर्थतन्त्र भएको मुलुक हो ।

नेपाल र इन्डोनेसिया बीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ ।

दुई देशबीच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।

झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्