![भारतको पश्चिम बंगालमा डाक्टरको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/dr_rape_1_B0fdYgULLo.jpg)
भारतको पश्चिम बंगालमा एक चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा नेपालमा विरोध प्रदर्शन भएको छ ।
शनिबार दिउँसो वैज्ञानिक समाजवादी विद्यार्थी र महिला संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
कोलकाताको एक अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको अघिल्लो शुक्रबार बलात्कारपछि हत्या भएको थियो ।
ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो ।
घटनाको विरोधमा भारतको कोलकाता, नयाँदिल्ली, हैदराबाद, मुम्बई, पुणे, लखनउ, अहमदाबाद, गुहावटी, चेन्नई प्रयागराजलगायतका शहरहरूमा पनि विरोध प्रदर्शन भइरहेको छ ।











