०५ साउन २०८३, मंगलबार

पशुपतिको कोटिहोममा भएको विवादबारे ३ बुँदे सहमति, बन्यो छानबिन समिति

भदौ १, २०८१
काठमाडौं
पशुपतिको कोटिहोममा भएको विवादबारे ३ बुँदे सहमति, बन्यो छानबिन समिति

काठमाडौँ ।  पशुपतिनाथस्थित कोटिहोमस्थलमा आयोजक र प्रहरीबिच भएको असहज परिस्थितिका सम्बन्धमा शनिबार ३ बुँदे सहमति भएको छ । 

सुरक्षा समितिका सदस्यहरू र कोटिहोम आयोजकका तर्फबाट उपस्थित प्रतिनिधिबीच भएको छलफलमा शुक्रबार राति भएको विवाद मथ्थर गर्न ३ बुँदे सहमति भएको जनाइएको छ ।  

जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सभाहलमा भएको छलफलपछि भएको सहमतिको पहिलो बुँदामा कोटिहोमस्थलमा भएको घटनाका सम्बन्धमा वातावरणलाई सग्ल्याउँदै समझदारी कायम हुन नसकेकोमा दुबै पक्षबाट दुख व्यक्त गरिएको छ।

यस्तै घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव बिथोलिन नदिन दुबै पक्षबाट प्रतिबद्धता जनाइएको छ । 

यस्तै कोटिहोम आयोजनास्थलमा भएको घटनाका सम्बन्धमा स्थलगत रुपमा बुझी छानबिन गरी सत्य तथ्य सहितको प्रतिवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति समेत बनेको छ ।  उक्त समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने र दोषी उपर कारवाही गर्ने समझदारीपत्रमा उल्लेख छ। 

शुक्रबार राति मुख्य आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ । उनी ठगीलगायतका मुछिएका विवादित पात्र हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्