१२ साउन २०८३, मंगलबार

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

भदौ २, २०८१
काठमाडौं
‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार अबेर सम्पन्न ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् । 

विजेतालाई हिमालय टीभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेललगायतले पुरस्कार प्रदान गरे । 

जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । 

प्रमोदको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । 

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे ।

salt training

कमेन्ट गर्नुहोस्