२५ असार २०८३, बिहीबार

परराष्ट्रमन्त्री देउवा आज नयाँ दिल्ली जाने

भदौ २, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री देउवा आज नयाँ दिल्ली जाने

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (आइतबार) भारतको राजधानी नयाँ दिल्ली जाने भएकी छिन् ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गरेको थियो । 

परराष्ट्रमन्त्रीको रूपमा आरजुको यो पहिलो विदेश भ्रमण हो । स्वास्थ्य उपचारको शिलशिलामा नयाँ दिल्ली जान लागेकी देउवाले त्यहाँ राजनीतिक भेटवार्ता गर्ने स्रोतले बतायो ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

भारतीय समकक्षी डा. एस जयशंकरसँग उनले भेट्ने कार्यक्रम छ । हालै मात्र भारतीय विदेश सचिव विजय मिश्रीले नेपालको भ्रमण गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्